अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

-


     मर्दी न्युज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


फोटोः एजेन्सी

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलवार बिहानसम्म संक्रमितको संख्या १ करोड ४२ हजार ५० पुगेको हो। कोरोना संक्रमणका कारण हालसम्म अमेरिकामा २ लाख ३८ हजार ९७ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा गत जनवरी २१ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यसपछि ९८ दिनमा अप्रिल २८ मा १० लाख संक्रमित पुगे थियो भने त्यसयता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ ।



Tags: