पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नजिक

-


     मर्दी न्युज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


पोखरा, २५ कात्तिक । पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख पुग्न लागेको छ । नेपालमा हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् भने उनीहरुमध्ये १ हजार १ सय ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ५३ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् । देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् ।



Tags: