
पोखरा । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
तीमध्ये १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । गत पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।
बुधवारसम्म देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ जना पुगेको छ ।