गण्डकीमा प्रदेशमा पछिल्लो २४ घण्टामा थप १८२ जना कोरोना संक्रमित

-


     मर्दी न्युज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ कात्तिक । गण्डकी प्रदेशमा बुधवार थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ८२ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधवार संक्रमित हुनेमा कास्कीका १४५, बागलुङका २०, तनहुँका ७, स्याङ्जा, पर्वत र नवलपुरका ३÷३ जना र लमजुङका १ जना गरी १ सय ८२ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ३ पुगेको छ ।

त्यसैगरी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्ला रुपा गाउँपालिका ५ का ७२ वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।



Tags: