गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९०३ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९०३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार बिहीबार ५५ जना थप भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ३ जना पुगेको हो ।

पछिल्लोपटक ३ जिल्लामा गरी ५५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा नवलपरासी पूर्वका ४५ जना, कास्कीका ९ जना र म्याग्दीका १ जना गरी ५५ जना रहेका छन् ।



Tags: