प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

-


     मर्दी न्युज    
     भाद्र २७ गते २०८३ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।

कार्यालयका अनुसार भदौ २६ गते साँझ ५:०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ ।

त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५:०० बजेपछि उक्त खातामा एक लाख ५४ हजार ७७० डलर थपिएर कूल दुई करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।