
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
तीमध्ये १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । गत पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।
बिहीवारसम्म देशभर ३८ हजार ४६१ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ जना पुगेको छ ।

