एकै दिनमा विश्वभर ६ लाखभन्दा बढी संक्रमित, साढे ९ हजार भन्दा बढीको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकैदिन साढे ९ हजार भन्दा धेरैले संक्रमणको कारण ज्यान गुमाएका छन्।

ओर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४३ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार एक सय ९० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। संक्रमितको संख्या पनि अमेरिकामै सबैभन्दा उच्च छ। त्यहाँ हिजो एक दिनमै एक लाख ६१ हजार ५ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि धेरै संक्रमण हुनेमा भारतमा छ। भारतमा हिजो ४३ हजार ८ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय २१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा हिजो ३४ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ९ सय २६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै धेरै संक्रमित हुने राष्ट्रमा चौथो स्थानमा रहेको फ्रान्समा ३३ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा ४ सय २५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि हुँदा ५ सय ६३ जनाले ज्यान गुमाएका छन्। इटालीमा ३७ हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ३६ जनाले ज्यान गुमाएका छन्।

विश्वभर हाल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ९८ हजार ५ सय ९६ पुगेको छ भने संक्रमितको संख्या ५ करोड ३० लाख ७६ हजार ७ सय ७० पुगेको छ।



Tags: