
पोखरा । पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २ जनाकै मृत्यु भएको हो ।
पोखरा– १४ की ६७ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो । उनलाई कात्तिक २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा १५ की ५४ वर्षीया महिलाले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पनि बिहीबार दिउँसो ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय १६ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९ सय ८२ पुगेको छ । निर्देशनालयको शुक्रवार पछिल्लो अध्यावधिक विवरण अनुसार प्रदेशका ६ जिल्लामा ५३ जना संक्रमित पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीका ४७ जना, स्याङ्जाका २ जना, बागलुङ, लमजुङ, म्याग्दी र तनहुँका १÷१ जना गरी ५३ जना रहेका छन् ।