
पोखरा, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रवारसम्म देशभर ३७ हजार २२ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ जना पुगेको छ ।
शुक्रवारसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।