पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रवारसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् । शुक्रबार २१ सय ११ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । तीमध्ये हालसम्म १ लाख ६८ हजार १२९ निको भइसकेका मन्त्रालयले जनाएको छ ।



Tags: