गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दश हजार नाघ्यो

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ कात्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ । शुक्रवार प्रदेशमा १७२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ७५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

शुक्रवार गण्डकी प्रदेशका ८ जिल्लामा गरी १ सय ७२ नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा कास्कीका १०७, गोरखाका ३५, स्याङ्जाका ८, तनहुँका ८, नवलपरासी पूर्वका ७ जना, पर्वतका ५, बागलुङ र म्याग्दीका १/१ जना गरी १७२ जना रहेका छन् ।

प्रदेशमा हालसम्म ४ हजार ९ सय ९९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५८ जना रहेको छ । ती मध्ये १ सय १८ जनाको मृत्यु भएको छ । शुक्रवार मात्रै ४ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।



Tags: