एकैदिन अहिलेसम्मकै धेरै ६ लाख ५६ हजारमा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५६ हजार १८० जनामा कोरोना संक्रमण भएको छ । ओर्ल्डोमिटरका अनुसार यो अहिलेसम्मकै धेरै हो ।

अघिल्लो दिन २४ घण्टामा ६ लाख ४३ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९ सय ४२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । अघिल्लो दिन ९ हजार ६ सय ६९ जना रहेको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ३ सय ९५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। संक्रमितको संख्या पनि अमेरिकामै सबैभन्दा उच्च छ। त्यहाँ हिजो एक दिनमै १ लाख ८३ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि धेरै संक्रमण हुनेमा भारतमा छ। भारतमा हिजो ४५ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय ३९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा हिजो ३५ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ भने त्यहाँ ६ सय १४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै धेरै संक्रमित हुने राष्ट्रमा चौथो स्थानमा रहेको फ्रान्समा २३ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि हुँदा ९ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा २७ हजार ३ सय १ जनामा संक्रमण पुष्टि हुँदा ३ सय ७६ जनाले ज्यान गुमाएका छन्। इटालीमा ४० हजार ९ सय २ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ५० जनाले ज्यान गुमाएका छन्।

विश्वभर हाल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ८ हजार ५ सय ६५ पुगेको छ भने संक्रमितको संख्या ५ करोड ३७ लाख ३२ हजार २ सय ९ पुगेको ओर्ल्डोमिटरको तथ्याङ्क छ।



Tags: