
पोखरा, २९ कात्तिक । कास्कीका ८७ जनासहित गण्डकी प्रदेशमा थप १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्लाका १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिवार बिहान प्रदेशमा १२९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार २ सय ४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
शनिवार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा ८७ जनालाई कोरोना संक्रमण पुष्टि भएका छन् । त्यस्तै पर्वतका १६, तनहुँका ११, म्याग्दीका १०, बागलुङ ४ र स्याङ्जाका १ जना गरी एक सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तीमध्ये प्रदेशमा हालसम्म ४ हजार ९ सय ९९ जना संक्रमणमुक्त भएका छन् भने १ सय १८ जनाको मृत्यु भएको छ ।