पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २९ कात्तिक । पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २ जनाकै मृत्यु भएको हो ।

पोखरा– २६ की ७२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ७ः४५ बजे मृत्यु भएको हो । उनलाई हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १८ का ४८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । उनको पनि आज बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २३ पुगेको छ ।



Tags: