थप १९४६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित


पोखरा, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५०३ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिवारसम्म देशभर ३६ हजार ४ सय ५२ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १५ जना पुगेको छ ।

शनिवारसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५७ जना रहेका छन् ।



Tags: