
पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएका छन् । शनिवार १२७९ जनाको पीसीआर परीक्षण गर्दा प्रदेशमा २ सय १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
शनिवार प्रदेशका ८ जिल्लाका २ सय १० नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २ सय ८५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिवार थपिनेमा कास्कीका १४८, पर्वतका १८, तनहुँका १४, म्याग्दीका १०, गोरखाका ६, स्याङ्जाका ५, लमजुङका ५ र बागलुङका ४ जना गरी २१० जना रहेका छन् ।
प्रदेशमा हालसम्म ५ हजार ६० जना संक्रमणमुक्त भएका छन् भने शनिवारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २ जना रहेको छ । ती मध्ये १ सय २३ जनाको मृत्यु भएको छ । शनिवार मात्रै प्रदेशमा ५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।