पोखराका १९ जनासहित गण्डकी प्रदेशमा २२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


पोखरा, ३० कात्तिक । पोखराका १९ जनासहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका कास्कीका १९ र तनहुँका २ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ३ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

तीमध्ये प्रदेशमा हालसम्म ५ हजार ६० जना संक्रमणमुक्त भएका छन् भने १ सय २३ जनाको मृत्यु भएको छ ।



Tags: