
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९८ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५ छ ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २१ जना पुगेको छ ।

