
पोखरा, ३० कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ९८८ जनाको पीसीआर परीक्षण गर्दा प्रदेशमा २ सय ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रदेशका ८ जिल्लाका २ सय ५ नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार थपिनेमा कास्कीका ११०, नवलपरासीपूर्वका ३६, लमजुङका १४, गोरखाका १४, मुस्ताङका १३, बागलुङका ९, तनहुँका ६ र पर्वतका ३ जना गरी २०५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ६१ जना निको भएसँगै प्रदेशमा हालसम्म ५ हजार ६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४६ जना रहेको छ भने ती मध्ये १ सय २३ जनाको मृत्यु भएको छ ।
आइतबारसम्म ३ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

