नेपालमा थप ११९७ जनामा संक्रमण पुष्टि, २९३४ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर १ गते २०७७ मा प्रकाशित


पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ भने उनीहरुमध्ये १ हजार २ सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ जना पुगेको छ ।

सोमवारसम्म देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: