
पोखरा, ३ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधवारसम्म आइसोलेसनमा २८ हजार ८ सय ७८ जना उपचाररत रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म एक लाख ८२ हजार ७ सय ८० जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ५९ पुगेको छ ।