
पोखरा, ४ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् भने ४ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको तथ्याङ्कमा उल्लेख छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि भारत दोस्रो स्थानमा छ । धेरै संक्रमित हुनेमा ब्राजिल तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा अमेरिका पछि ब्राजिल दोस्रो स्थानमा छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६१ लाख ८ हजार ३१० पुगेको छ भने संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ४७ हजार ७७८ जना पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।