अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

-


     मर्दी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


पोखरा । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा २ लाख ५० हजार ४२६ जनाको संक्रमणका कारण ज्यान गएको छ भने करिब १५ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्म अमेरिकामा १ करोड १४ लाख ९८ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५१ हजार २६६ जना संक्रमित थपिएका छन् ।

अहिले अमेरिकामा देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक नयाँ कीर्तिमान कायम भइरहेको छ।



Tags: