पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा फेरि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–२८ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो । उनमा निमोनिया, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ ।



Tags: