नेपालमा थप २१०३ जनामा संक्रमण पुष्टि, २८५८ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ मंसिर । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ जना पुगेको छ ।

बिहीबारसम्म देशभर २८ हजार १०६ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: