
पोखरा, ४ मंसिर । गण्डकी प्रदेशमा बिहीवार थप १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ९ जिल्लामा गरी १ सय ४० नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज बिहीवार संक्रमित हुनेमा कास्कीका ७७, नवलपुरका २२, बागलुङका ११, गोरखाका १०, तनहुँका ९, स्याङ्जाका ५, लमजुङका ३, मुस्ताङका २ र पर्वतका १ जना गरी १ सय ४० जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ६ सय ८८ पुगेको छ । तीमध्ये प्रदेशमा १३१ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
बिहीवारसम्म प्रदेशमा ५ हजार ९ सय ३८ जना संक्रमणमुक्त भएका छन भने पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म ४ हजार ६ सय १९ सक्रिय संक्रमित रहेका छन् ।