
पोखरा, ५ मंसिर । पोखराका २९ जनासहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ३ जिल्लामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
संक्रमितमध्ये कास्कीका २९, लमजुङ ७ र स्याङ्जाका २ जना रहेका छने । आज शुक्रवार प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ७ सय २५ पुगेको छ ।
तीमध्ये प्रदेशमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

