पछिल्लो २४ घण्टामा थप १९४५ जनामा संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । तीमध्ये नेपालमा १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

शुक्रवारसम्म देशभर २४ हजार ६६५ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: