पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १३९ संक्रमित थपिए

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


पोखरा, ५ मंसिर । गण्डकी प्रदेशमा शुक्रवार थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लाका ६७० जनाको नमूना परीक्षण गर्दा १ सय ३९ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज शुक्रवार संक्रमित हुनेमा कास्कीका १००, तनहुँका १३, लमजुङका ८, नवलपुरका ६, स्याङ्जा, गोरखा र पर्वतका ४÷४ जना गरी १ सय ३९ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ पुगेको छ । तीमध्ये प्रदेशमा १३९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

शुक्रवारसम्म प्रदेशमा ६ हजार ७४ जना संक्रमणमुक्त भएका छन भने पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म ४ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा शुक्रवारसम्म होम आइसोलेसनमा ३ हजार ४ सय ८ जना रहेका छन् ।



Tags: