गण्डकी प्रदेशमा ५२ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ मंसिर । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्लामा गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

संक्रमितमध्ये कास्कीका १२, बागलुङ, ४, लमजुङ ५ नवलपरासीपूर्व ११, स्याङ्जा १ र तनहुँका १९ जना रहेका छने । आज शनिवार प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

तीमध्ये प्रदेशमा हालसम्म १ सय ३९ जनाको मृत्यु भएको छ ।



Tags: