पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ मंसिर । पछिल्लो २४ घण्टामा शनिबार १ हजार ६ सय ७४ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ नमुना परीक्षण गर्दा ६ सय ६१ महिला र १ हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ भने पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ संक्रमित निको भएका छन् । हालसम्म १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

शनिबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ छन भने १ हजार ३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: