पोखराका १९ जनासहित गण्डकी प्रदेशमा २१ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ मंसिर । पोखराका १९ जनासहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ३ जिल्ला कास्कीका १९, तनहुँका १ र स्याङ्जाका १ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९ सय ५७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

तीमध्ये प्रदेशमा हालसम्म १ सय ४१ जनाको मृत्यु भइसकेको छ ।



Tags: