
पोखरा, ८ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । तीमध्ये नेपालमा १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ जना पुगेको छ ।
सोमवारसम्म देशभर १८ हजार ८८४ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

