
पोखरा, ८ मंसिर । गण्डकी प्रदेशमा सोमवार थप १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ९ जिल्लाका ५५६ जनाको नमूना परीक्षण गर्दा १ सय २९ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीका ४७, नवलपुरका २६, गोरखाका २३, तनहुँका १३, पर्वतका ६, स्याङ्जा र म्याग्दीका ५/५, तथा बागलुङ र लमजुङका २/२ जना गरी १ सय २९ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९० पुगेको छ । तीमध्ये प्रदेशमा १४१ जनाको मृत्यु भएको छ ।
सोमवार प्रदेशमा १६७ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म प्रदेशमा ६ हजार ३ सय ९८ जना संक्रमणमुक्त भएका छन । हालसम्म ४ हजार ६ सय ५१ सक्रिय संक्रमित रहेका छन् भने प्रदेशमा होम आइसोलेसनमा ३ हजार ६ सय ९८ जना रहेका छन् ।