पछिल्लो २४ घण्टामा थप १७९० जनामा संक्रमण पुष्टि, २७९२ जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । तीमध्ये नेपालमा १ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ जना पुगेको छ ।

मंगलवारसम्म देशभर १७ हजार ८५९ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: