
पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा मंगलवार थप १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ६ जिल्लाका एक हजार २०४ जनाको नमूना परीक्षण गर्दा १ सय २४ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा कास्कीका ८२, गोरखाका १७, तनहुँका ११, स्याङ्जाका ६, नवलपुरका ५ र लमजुङका ३ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ । तीमध्ये प्रदेशमा १४१ जनाको मृत्यु भएको छ ।
मंगलवार प्रदेशमा १४८ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म प्रदेशमा ६ हजार ५ सय ४६ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा ४ हजार ६ सय २७ सक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ७ सय २ जना रहेका छन् ।