२४ घण्टामा थप १९४८ जनामा संक्रमण पुष्टि, ३१४० जना संक्रमणमुक्त

-


     मर्दी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


पोखरा, १० मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधवारसम्म आइसोलेसनमा १६ हजार ६ सय ३९ जना उपचाररत रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म २ लाख ७ हजार ९ सय ९८ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा २८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय ८९ पुगेको छ ।



Tags: