
काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधीमा २८ संक्रमितको मृत्यु भएको हो ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ३६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ७ हजार ९९८ निको भइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।