२४ घण्टामा गण्डकी प्रदेशमा १६५ जनामा कोरोना संक्रमण, संक्रमणका कारण एकको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १० गते २०७७ मा प्रकाशित


पोखरा, १० मंसिर । गण्डकी प्रदेशमा बुधवार थप १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ८ जिल्लाका ४ सय १ जनाको नमूना परीक्षण गर्दा १ सय ६५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका ६७, नवलपुरका ६३, तनहुँका ११, बागलुङका ८, स्याङ्जाका ६, पर्वतका ५, गोरखाका ३ र लमजुङका २ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७९ पुगेको छ । तीमध्ये प्रदेशमा १४२ जनाको मृत्यु भएको छ । आज पोखरा महानगरपालिका १० का ७६ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा संक्रमणका कारण ज्याउन गुमाउनेको संख्या १४२ पुगेको हो ।

बुधवार प्रदेशमा ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा ६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । बुधवारसम्म प्रदेशमा ४ हजार ७ सय ४३ सक्रिय संक्रमित रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ६ सय ८७ जना रहेका छन् ।



Tags: