
पोखरा, ११ मंसिर । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको निधन भएको छ । पछिल्लो पटक संक्रमणका कारण मृत्यु हुनेमा पोखराका १३ को ६६ वर्षीया महिला र लमजुङ मध्यनेपाल ७ की ८७ वर्षीया महिला रहेका छन् । दुवैको पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।
पोखरा १३ का ६६ वर्षीया महिलाको बुधबार राति साढे ९ बजे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ८७ वर्षीया महिलाको गएराति साढे दुई बजे कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४४ पुगेको छ ।

