
पोखरा, ११ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । तीमध्ये नेपालमा १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र एक हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ ।
बिहीवारसम्म देशभर १६ हजार ७९३ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।