
फाइल तस्विर
पोखरा, ११ मंसिर । गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार प्रदेशका ७ जिल्लामा ७४ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ४३ जना छन् । तनहुँमा १३ जना संक्रमित थपिएका छन् भने नवलपरासीपूर्व र गोरखामा ६/६ जना संक्रमित थपिएका छन् । यसैगरी बागलुङमा ४, स्याङ्जामा र पर्वतमा १/१ जना संक्रमित थपिएका छन् ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ५३ पुगेको छ । तीमध्ये ६ हजार ७ सय ४० जना निको भएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय ४४ को पुगेको छ ।