
पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार पोखरा २ का ५९ वर्षीय पुरुष र पोखरा ३२ की ६६ वर्षीया महिला रहेका छन् ।
पोखरा २ का ५९ वर्षीय पुरुषको बिहीबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।
मंसिर ५ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो ।
त्यस्तै पोखरा ३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको आज शुक्रवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनको पनि ५ गते कोरोना पुष्टि भएको थियो भने उनमा कोरोनासँगै निमोनियाको समस्या थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

