
पोखरा, १३ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका छन्।
यसैगरी सोही अवधिमा अवधीमा ५ सय १५ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ।

