गण्डकी प्रदेशमा आज १७६ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ मंसिर । गण्डकी प्रदेशमा थप १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेशका १० जिल्लामा १७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका ९८, लमजुङका २३, तनहुँका २१, गोरखाका १३, जना रहेका छन् । त्यस्तै नवलपरासीपूर्वका ९, बागलुङका ४, स्याङ्जाका ३, पर्वत र मुस्ताङका २÷२ जना संक्रमित थपिएका छन् भने म्याग्दीमा १ जना संक्रमित थपिएका छन् ।

यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ६२ पुगेको छ । तीमध्ये ६ हजार ८ सय ६८ जना निको भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा शनिवार थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय १५२ को पुगेको छ ।



Tags: