
पोखरा, १४ मंसिर । कास्कीका ४९ जनासहित गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पहिलो र दोस्रो अध्यावधिक विवणअनुसार क्षयरोग उपचार केन्द्र र लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ७ जिल्लाका ९५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका ४९, गोरखाका १८, नवलपरासीपूर्वका १२, तनहुँका १०, लमजुङ, पर्वत र स्याङ्जाका का २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेशमा ९५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ हजार ९ सय ५७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
तीमध्ये प्रदेशमा हालसम्म १ सय ५२ जनाको मृत्यु भइसकेको छ ।