२४ घण्टामा थप १२५५ जनामा संक्रमण पुष्टि, २५ को मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १७ हजार ९०९ रहेका छन्।

यसैगरी सोही अवधिमा अवधीमा एक हजार ४०४ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ।



Tags: