पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ मंसिर । पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्की पोखरा महानगर १८ का एक जना र स्याङ्जा वालिङ १४ का एक पुरुगा गरी प्रदेशमा थप २ जना पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

संक्रमणका कारण मृत्यु हुनेमा पोखरा १८ का ५१ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति पौने १० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ का ६७ वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान २ बजेर १० मिनेट जाँदा निधन भएको हो ।

उनलाई पनि मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ५८ पुगेको छ ।



Tags: