२४ घण्टामा थप १४७४ जनामा संक्रमण पुष्टि, २९ को मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १७ हजार ४२३ रहेका छन्।

यसैगरी सोही अवधिमा अवधीमा एक हजार ९३१ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको मन्त्रालयले जनाएको छ।



Tags: